मिति २०७६ बैशाख २८ गते भैरवी गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा जेष्ठ नागरिक निशुल्क स्वास्थ्य शिविर मोति बिन्दु छनौट तथा आँखा जाच शिविर कार्यक्रम भैरवी गाउँपलिका वडा नं. २, रावतकोट,दैलेखमा सम्पन्न भएकाे छ ।
मिति २०७६ बैशाख २७ गते भैरवी गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा वडा नं. २ स्वास्थ्य चाैकी रावतकाेट, दैलेखमा खकार (माइक्राेस्काेपिक) परिक्षण शिविर सम्पन्न भएकाे छ ।
भैरवी गा.पा.काे अार्थिक तथा सुर्खेत अाँखा अस्पतालकाे प्राविधिक सहयाेगमा माेतिविन्दु छनाेट शिविर र माेतिविन्दु शल्यक्रिया शिविर सञ्चालन हुने भएकाेले शिविरमा अाँखा जाँच गराउन अनुराेध गरिन्छ।
भैरवी गाउँपालिका तथा विषयगत कार्यालयहरूले आर्थिक वर्ष २०७५/०७६ काे दाेस्राे चाैमासिक अवधि सम्म सम्पादन गरेका विकास निर्माणका कार्यहरू र गुणस्तरीय सेवा प्रवाह विषयक सार्वजनिक सुनुवाई यही मिति २०७६ बैशाख १७ गते भैरवी गाउँपालिकाकाे आयाेजनामा सम्पन्न भएकाे छ ।