FAQs Complain Problems

ग्यालरी

दैलेख जिल्ला भैरवी गाउँपालिका र कालीकोट जिल्ला शुभकालिका गाउँपालिकाको बीचमा पर्ने भोटेगढी सिमानामा २०७७ साल माघ ११ गते पहिलोपटक गाडीहरु पुग्दा, भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली तथा कालीकोट समेत दुवै जिल्लाका जनप्रतिनिधि एवं सर्वपक्षीय महानुभावहरुको उपस्थिति थियो ।

मिति: 01/25/2021 - 20:31
, , , , ,

"घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसा रहित समाज" भन्ने मुल नाराका साथ दैलेख जिल्ला भैरवी गाउँपालिकामा मिति २०७७/०८/१० गते बाट सुरु गरिएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २०७७/०८/१० गते देखि २०७७/०८/२५ गते सम्म सञ्चालन गरिनेछ ।

मिति: 11/25/2020 - 17:42
, ,

दैलेख जिल्ला भैरवी गाउँपालिकामा संसद विकास कोषबाट निर्माण हुदै गरेकाे कालगाैंडामा पर्ने सडक ।

मिति: 04/12/2019 - 11:33
, , , , ,

संघ र प्रदेशकाे बजेटबाट दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं ६ मा निर्माण हुदै गरेकाे तीन बर्षीय डिप्लोमा कृषि बालीविज्ञान I.S.C. Ag काे भवन प्राविधिकद्वारा अनुगमन गर्दै ।

मिति: 03/16/2019 - 11:26
, , , , ,

मिति २०७५ पौष १५ गते भैरवी गाउँपालिका वडा नं. ७ भाटीचौर, कुसापानीमा ”तमु ह्युल छोज धी” गुरुङ्ग राष्ट्रिय परिषद दैलेखको आयोजनामा तमुहरुको महान चाड २६०२ अाैं तमु लाेसार कुकुर वर्गको बिदाई र मृग वर्गको स्वागत कार्यक्रम भब्यताका साथ मनार्इयाे । प्रमुख अतिथि डा. अाेम गुरुङ्ग र विशेष अतिथि गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाकाे उपस्थीतीमा गुरुङ्गहरूकाे झाँकी र कार्यक्रम गरेर सम्पन्न भयाे ।

मिति: 12/31/2018 - 17:50
, , , , ,

भैरवी गाउँपालिका दैलेखकाे अायाेजनामा गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर बुढाकाे अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत श्री माेहन प्रसाद देवकाेटाज्यूकाे उपस्थितिमा मिति २०७५/०८/०९ गते देखी २०७५/०८/१० गते सम्म गाउँ कार्यपालिका सदस्य (अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष र अन्य सदस्य), वडा सचिव र अन्य कर्मचारीहरूलार्इ र मिति २०७५/०८/११ गते देखी २०७५/०८/१२ गते सम्म वडा सदस्य र अन्य कर्मचारीहरूलार्इ २-२ दिन गरी कुल ४ दिन सम्म संचालित एकिकृत सम्पति कर सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरीएकाेछ ।

 

मिति: 11/29/2018 - 20:44
, , , , ,

कार्यस्थलमा हुने लैङ्गिक हिंसा समाप्त गराै भन्ने मुल नाराका साथ भैरवी गाउँपालिकामा मिति २०७५।०८।०९ देखि २०७५।०८।२४ गते सम्म हुने १६ दिने महिला हिंसा विरूद्धकाे अभियानकाे उद्घाटन गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर बुढाद्वारा भयाे ।

मिति: 11/25/2018 - 18:30
, , , , ,

भैरबी गाउँपालिकामा कार्यरत नायब सुब्बा आदरणीय भक्ती वन सन्यासी सरको आज अवकास भै बिदाई कार्यक्रम सम्पन्न भएकाेछ ।

मिति: 11/20/2018 - 20:45
, , , , ,

सुुखी नेपाली, समृद्व नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय बाल दीवसको अबसरमा भैरबी गाउँपालिका मा.वी. स्तरीय बक्तृत्वकला प्रतीयोगीता कार्यक्रम सम्पन्न गरीएको छ । बाल अधिकार संरक्षणमा सरोकारवालाको भुमिका भन्ने शिर्षकमा बक्तृत्वकला प्रतीयोगिता सञ्चालनमा भैरबी गाउँपालिका अन्तर्गतका पाँच ओटा बिद्यालयले सहभागी जनाएका थिए ।

पञ्चदेवल मा.बी. राउतकोटका बिरेन्द्र थापा प्रथम भएका छन भने द्वितीयमा हिमालय मा.वी. डाँडीमाडीका नारायण शर्मा, तीतृयमा आदर्श मा.वी. घुम्नेखालीका दीपक कंडेल भएका छन् ।

मिति: 11/20/2018 - 18:56
, , , , ,

भैरवी गाउँपालिकामा मिति २०७५ असोज १० देखि १२ गते सम्म Rural Village Water Resources Management Project, Phase III(RVWRMP) को आयोजनामा गाउँपालिका स्तरीय जल उपयोग गुरूयोजना, जिबिकोपार्जन कार्यान्वयन योजना तथा लगानी नीति सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भयो।

मिति: 09/29/2018 - 18:15
, , , , ,

Pages