FAQs Complain Problems

कर्णाली प्रदेशसभा सदस्य मा. सुशील थापाले १५ बेडको अस्पतालको शिलान्यास गर्नुभयो । भैरवी गा.पा.का अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष, प्र.प्र.अ. तथा राजनीतिक दलका प्रतिनिधिहरुले मन्तब्य दिनुभएको थियो ।

नेपाल सरकारले ३९६ वटा पालिकामा ५/१०/१५ शैयाको अस्पताल बनाई स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य अनुसार दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ४ भैरिकालिकाथुममा मिति २०७७/०८/१५ गते कर्णाली प्रदेशसभा सदस्य माननीय सुशील थापाले १५ बेडको आधारभूत अस्पतालको शिलान्यास गर्नुभयो । भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा उपाध्यक्ष पदमकुमारी बिष्टले स्वागत मन्तब्य राख्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली तथा राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिनुभएको थियो ।

 

यस कार्यक्रममा जग्गा दाता भैरवी गाउँपालिका वडा नं. ४ निवासी श्री प्रेम वहादुर थापा लगाएत उहाँको सम्पूर्ण परिवारलाई सम्मान-पत्र प्रदान गरियो ।

आर्थिक वर्ष: