FAQs Complain Problems

१४ औं विश्व रेबिज दिवस-२०७७को अवसरमा दैलेख जिल्ला भैरवी गा.पा. पशुपंछी विकास शाखाको आयोजना तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र NEVLA भैरवीको सहकार्यमा रेबिज विरुद्ध निःशुल्क खोप शिविर ३ ठाँउबाट एकै साथ सञ्चालन गरियो।

१४ औं. विश्व रेबिज दिवस-२०७७को अवसरमा "रेबिज अन्त्यको लागि सहकार्य र खोप" भन्ने मुल नाराका साथ दैलेख जिल्ला भैरवी गाउँपालिका पशुपंछी विकास शाखाको आयोजना तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर, सुर्खेत र नेपाल पाराभेटेरीनरी एण्ड लाइभस्टक एसोसियशन (NEVLA) भैरवी, दैलेखको सहकार्यमा रेबिज विरुद्ध निःशुल्क खोप शिविर रावतकोत, भैरीकालिकाथुम र भाटिचौरबाट एकै साथ सञ्चालन गरियो । यस शिविरमा पशुपंछी विकास शाखा भैरवी र NEVLA भैरवीका प्रविधिकहरुको सक्रियतामा ११० वटा कुकुरलाइ रेबिज विरुद्धको खोप लागाइयो । भैरवी गाउँपालिका पशुपंछी विकास शाखा निरन्तर जनताको सेवामा तल्लिन रहेको छ।

आर्थिक वर्ष: