सूचना
सुुखी नेपाली, समृद्व नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय बाल दीवसको अबसरमा भैरबी गाउँपालिका मा.वी. स्तरीय बक्तृत्वकला प्रतीयोगीता कार्यक्रम सम्पन्न।
सुुखी नेपाली, समृद्व नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय बाल दीवसको अबसरमा भैरबी गाउँपालिका मा.वी. स्तरीय बक्तृत्वकला प्रतीयोगीता कार्यक्रम सम्पन्न गरीएको छ । बाल अधिकार संरक्षणमा सरोकारवालाको भुमिका भन्ने शिर्षकमा बक्तृत्वकला प्रतीयोगिता सञ्चालनमा भैरबी गाउँपालिका अन्तर्गतका पाँच ओटा बिद्यालयले सहभागी जनाएका थिए ।
पञ्चदेवल मा.बी. राउतकोटका बिरेन्द्र थापा प्रथम भएका छन भने द्वितीयमा हिमालय मा.वी. डाँडीमाडीका नारायण शर्मा, तीतृयमा आदर्श मा.वी. घुम्नेखालीका दीपक कंडेल भएका छन् ।
कार्याक्रमका अध्यक्ष एवं भैरबी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले बालबालीकाको हीत र संरक्षणका लागी जनप्रतीनिधीको तर्फबाट आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ । कार्यक्रममा वडा अध्यक्ष, पालिका सदस्यहरु बिभिन्न बिद्यालयका शिक्षक बिद्यार्थी लगाएत स्थानीय बासीहरुको उपस्थिती रहेको थियो ।
प्रतीयोगीतामा निर्णायक मण्डलको भुमीकामा बालाराम उपाध्याय, मान बहादुर के.सी. र प्रेमलाल पुरीले निर्णायक भुमिका निर्वाह गर्नु भएकाे थियाे । त्यसैगरी स्वागत मन्तब्य शिक्षा शाखा प्रमुख लिलाराम सापकोटाले गर्नु भएकाे थियाे भने कार्यक्रमको सञ्चालक घनश्याम रीजालले गर्नु भएकाे थियाे ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    





