FAQs Complain Problems

“लैंङ्गिक हिंसा र दुब्यवहार, छैन हामीलाई स्विकार”भन्ने मुल नाराका साथ लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रम सम्पन्न गरीएको छ।

“लैंङ्गिक हिंसा र दुब्यवहार, छैन हामीलाई स्विकार” भन्ने मुल नाराका साथ लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रम आज भैरबी गाँउपालिकामा भब्य रुपमा सम्पन्न गरीएको छ । भैरबी गाउँपालिकाको महिला तथा बालबालीका शाखाको आयोजनामा हिंसा न्युनीकरण गर्न र जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको थियो।

प्राकृतिक लैंङ्गिक भिन्नतालाई परिवर्तन गर्न नसकिने तर समाजद्धारा श्रृजित लैंङ्गिक विभेदहरुलाई परिवर्तन गर्न सकिन्छ भन्ने कुरालाई पुष्टि गर्दै छोरी र महिला भएकै कारण बिभिन्न खालका लैंङ्गिक विभेदका साथै दुव्र्यवहार, हिंसा, शोषण, बालविवाह र बेचबिखन तथा ओसारपसार समस्या खेप्नु पर्ने अहिलेको अवस्थालाई बदल्दै बालिका र महिला मैत्री समाज निर्माणका लागि यस १६ दिने अभियानले विशेष महत्व दीएको गाउँपालिकाका अध्यक्ष एंव कार्यक्रमका प्रमुख अथिति प्रेम बहादुर बुढाले जानकारी गराउनु भयो ।

कार्यक्रमको अध्यक्षता एवं गाउँपालिका उपाध्यक्ष पदम कुमारी वीष्टले मानव सभ्यता परिचालनको लागी महिला र पुरुष दुवैको समान दायित्व रहेको भन्नु भयो ।

नेपालको संविधानमा लैंगिक हिंसा न्युनीकरण र महिला समानताको लागी राष्ट्रिय कानुनी प्रावधानहरु व्यवस्था भएको र देशमा विद्यमान वर्गीय, जातिय, क्षेत्रिय, लैंगिक समस्याहरुलाई समाधान गर्न राज्यको महत्वपुर्ण भुमिका रहेको प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद देवकोटाले बताउनु भयो ।

त्यस्तै कार्यक्रममा सोसेक दैलेखका प्रतीनिधी, शिक्षक, बिद्यार्थी,कर्मचारी, जनप्रतीनिधि लगायत महिला तथा बालबालिकाको उपस्थिती रहेको थियोे ।

आर्थिक वर्ष: