FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

१५ सैयाको अस्पतालका लागि भैरवी गाउँपालिका अन्तर्गत भैरीकालिकाथुम स्वास्थ्य चौकी छनौट भएकोछ ।

दैलेख जिल्ला भैरवी गाउँपालिका, महाबु गाउँपालिका, भगवतीमाई गाउँपालिका तथा चामुण्डाविन्द्रासैनी नगरपालिकामा चालु आर्थिक बर्ष २०७६/०७७मा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १५।१५ सैयाका अस्पतालहरु स्वीकृत भएकाछन् । नेपाल सरकारलाई धन्यवाद ।

 

दैलेख जिल्ला भैरवी गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी पाउनु भएकाेमा ई. हीरासि‍ंह थापा ज्यू र भैरवी गाउँपालिकामा सरुवा भइ आउनु भएका लेखापाल गोपाल वली ज्यूलाई गाउँपालिकाको तर्फबाट सम्मान तथा स्वागत कार्यक्रम भयो ।

दैलेख जिल्ला भैरवी गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी पाउनु भएकाेमा ई.

सडकले किसानको मुहार उज्यालो

दैलेख — भैरवी गाउँपालिका–७, मान्मकी खगिसरा आचार्यले दुई भैंसी र दुई गाई पालिरहेकी छिन् । दैनिक ११ लिटर दूध बिक्री हुन थालेपछि उनलाई घरखर्च चलाउन समस्या छैन । उनका छिमेकी दीपप्रसाद पौडेलले दैनिक २० लिटर दूध बेचेर मासिक २७ हजार रुपैयाँ कमाइरहेका छन् ।

 

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ७ कुसापानीको मान्म र भक्तडाँडा दुई स्थानमा सञ्चालित डेरी फर्महरुमा २०७६ फाल्गुण महिनामा मोटरबाटो (सडक)को पहुँच पुगेको छ ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ७ कुसापानीको मान्म र भक्तडाँडा दुई स्थानमा सञ्चालित डेरी फर्महरुमा २०७६ फाल्गुण महिनामा मोटरबाटो (सडक)को पहुँच पुगेको छ । सडक बिस्तारस‌ंगै डेरी फर्ममा उत्पादित बस्तुहरु निर्यात गर्न सजिलो भएकाे हुँदा, किसान लगायत स्थानीय बासिन्दाहरु खुसी भएका छन् ।

Pages