FAQs Complain Problems

भैरवी गाउँपालिका वडा नं. ७ को आयोजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न ।

भैरवी गाउँपालिका वडा नं. ७ को आयोजनामा कूसापानी, भाटीचौरमा जेष्ठ नागरिकहरुको सम्मान कार्यक्रम गरेको छ  । कार्यक्रमको प्रमुख अथिती प्रेम बहादुर बुढाले दोसल्ला ओढाएर सम्मान गर्दै संसार देखाउने बा-आमालाइ हरेक सन्तानले सम्मान गर्न सक्नुपर्ने भन्दै बृद्धबृद्धाको सम्मानले मात्र हाम्रो धर्म परम्परा जिवित रहने र समाज रुपान्तरणका लागि ज्येष्ठ नागरिकले गरेको गरिमामय भूमिकालाई सन्ततिहरुले कहिले पनि भुल्न नहुने कुराको स्पस्ट पार्नु भएको छ ।

कार्यक्रमको अध्यक्ष  वडा नं. ७ का वडा अध्यक्ष छबीराम आचार्य र कार्यक्रमा बिशेष अथिती प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद देवकोटा र गाउँपालिका उपाध्यक्ष पदम कुमारी विष्ट रहनु भएको थियो । कार्यक्रममा वडा नं. ७ का सम्पुर्ण जेष्ठ नागरिकहरुलाई उपहार सहित सम्मान गरीएकाे छ ।

आर्थिक वर्ष: