FAQs Complain Problems

दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाले अलपत्र परेका आ-आफ्ना नागरिकहरुको ब्यवस्थापन गर्न सम्पूर्ण तयारी गरेकाछन् ।

दैलेख जिल्ला दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाको संयुक्त बैठक २०७७ साल ज्येष्ठ ०३ गते दुल्लू नगरपालिकामा सम्पन्न भएकोछ । भारत लगायत तेश्रो मुलुकमा रोजगारीको सिलसिलामा गएका दुल्लू र भैरवीका नागरिकहरु, जो विश्वब्यापी कोरोना भाइरस COVID-19 का कारण नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र परेका छन्, उनीहरुलाई दुल्लू र भैरवीमा ल्याएर क्वारेनटाइनमा राख्ने, स्वास्थ्य परीक्षण गराउने, खाना-बस्नाको ब्यवस्था गर्ने निर्णय भएकोछ । नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र परेका दुल्लू र भैरवीका नागरिकहरुलाई आ-आाफ्नो पालिकामा फोन सम्पर्क गर्नुहुन अनुरोधछ । दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाले अलपत्र परेका आ-आफ्ना नागरिकहरुको ब्यवस्थापन गर्न सम्पूर्ण तयारी गरेकाछन् । दुवै पालिकाका बिदेशबाट आएका नागरिकहरु अनिवार्य रुपमा नियमानुसार क्वारेनटाइनमा बसिदिनुहुन अनुरोधछ ।

 

संयुक्त बैठकमा दुल्लू नगरपालिका प्रमुख घनश्याम भण्डारी, भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढा, दुल्लू नगरपालिका उपप्रमुख बिष्णु थापा, प्रमुख प्रशासकीय अधिकृतहरु ज्ञानमणि नेपाल र हीरासिंह थापा, प्रहरी निरीक्षक हिक्मत बोहोरा तथा नेपाली सेनाका मन्दिप सैंजुको उपस्थिती रहेको थियो ।

 

सम्पर्क नम्वरहरुः

 

दुल्लू नगरपालिका प्रमुख घनश्याम भण्डारीः ९८४८०४००४६

 

भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाः ९८५८०६८२६८

आर्थिक वर्ष: